उपत्यकाको खानेपानी चुहावट रोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकाको खानेपानी चुहावट रोक्न सरोकारवाला निकायका प्रमुखलाई १७ बुँदे लिखित निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित बैठकमा उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई बाँकी बक्यौता तत्काल उठाउन र चुहावटलाई ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न निर्देशन दिएको खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए ।
खानेपानी तथा सरसफाई मन्त्रीसमेत रहेका प्रधानमन्त्री दाहालले “खानेपानीको मुहान र ट्यांकीको संरक्षण गर्न, उच्च पदस्थ अधिकारीलाई सित्तैमा ट्यांकरको पानी वितरण नगर्न, पानी खोल्ने र बन्द गर्ने काममा खटिएका कर्मचारीले प्रभावमा परी कतै पानी दिने र कतै नदिने समस्याको समाधानका लागि अनुगमन टोली बनाएर निरीक्षण गर्न निर्देशन दिनुभएको सचिव उपाध्यायले भने ।
पानीको पाइप बिच्छ्याउन भत्काइएको बाटो तत्काल बनाउन, सबैतिर न्यायोचित ढङ्गले पानी वितरण गर्न र मन्त्रालय एवम् सरोकारवाला निकायलाई मुहानको निरीक्षण गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
बैठकमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, मन्त्रालयका सचिव उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, लिमिटेडका अध्यक्ष सुरेश बस्नेत र महाप्रबन्धक महेशप्रसाद भट्टराई, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणा र काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको सहभागिता थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले उपत्यकामा खानेपानीको चुहावट रोक्न र व्यवस्थापन गर्न कार्ययोजना ल्याउने तयारी गरेको सचिव उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण