बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

विर्ता युनाइटेड फाल्गुनन्द गोल्डकपको फाइनलमा

बिहीबार, २१ पुस २०७३, १८ : १२
बिहीबार, २१ पुस २०७३

फिदिम - विर्ता युनाइटेड क्लब झापा पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विहीवार आयोजक फिदिम स्पोर्टिङ क्लबलाई घरेलु मैदानमा ६–० गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो ।

फिदिम माविको खेलमैदानमा भएको खेलमा झापाले सुरुवाती अग्रता लियो । झापाका लागि खेलको दोश्रो मिनेटमै विकेस लिम्बूले गोल गरे । पहिलो हाफको १३ औँ मिनेटमा वुद्ध चेम्जोङको पासलाई स्ट्राइकर कर्ण लिम्बूले गोलमा परिणत गरे ।

पहिलो हाफकै २७ औँ मिनेटमा झापाका लागि देवेन्द्र तामाङले गोल गरे । उनले कर्नरलाई गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा ३–० ले पछि परेको फिदिम भने दोश्रो हाफमा समेत लयमा फर्कन सकेन् । दोश्रो हाफको दोश्रो मिनेटमा पुनः विकेस लिम्बूले गोल गरे ।

यस्तै दोश्रो हाफको २५ औँ मिनेटमा योगेश गुरुङले गोल गरेभने २८ औँ मिनेटमा योगेश गुरुङले निकै लामो प्रहारलाई गोलमा परिणत गरे । विहीवारको खेलको म्यान अफ दि म्याच पनि योगेश नै घोषित भए ।

फाल्गुनन्द गोल्डकपको आठौँ संस्करणको उपाधिका लागि अव झापाले शुक्रवार हुने कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङ र एलेभेन एरोज क्लव सुनसरीवीचको खेलको विजेतासँग आइतवार प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैँया र उपविजेताले १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप