बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको निःसहाय सदनलाई सहयोग

बिहीबार, २१ पुस २०७३, १८ : २७
बिहीबार, २१ पुस २०७३

काठमाडौ– ग्लोबल आइएमई बैंकले आफ्नो १० औ वार्षिकोत्सवको अवसरमा निःसहाय सेवा सदन, शान्तिनगरमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुको साथै कम्बल वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत निःसहाय सेवा सदनमाा आश्रय लिइरहेका ४५ जना वृद्धबृद्धाहरुलाई सहयोग गरेको हो ।

ग्लोबल आइएमई बैंकले आफ्नो सातौँ बार्षिकोत्सवको अवसरमा पनि निःसहाय सेवा सदनलाई आर्थिक सहयोग गरेको थियो । बैंकले १० औँ वार्षिकोत्सवकै अवसरमा पुस १९ गते रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको ग्लोवल आइएमीको दावी छ ।

स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप