उपप्रधान तथा अर्थमन्त्री महराले भने – काठमाडौंबाट छिट्टै सिन्धुपाल्चोक पुग्ने बाटो छ र ?
काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई काठमाडौं–सिन्धुपाल्चोक जोड्ने बैकल्पिक राजमार्गको काम अघि बढाउन भन्दै काठमाडौं क्षेत्र नं २ का सर्वदलीय सरोकार समितिले ज्ञापन पत्र बुझाएको छ ।
काठमाडौंको शंखरापुर नगरपालिकाका लप्सेफेदी तथा नाङ्लेभारेका विभिन्न वडाबाट आएको टोलीले अर्थमन्त्रालयमा अपराह्न मन्त्री महरालाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
उक्त टोलीले काठमाडौंको जोरपाटी, साँखु, नाङ्लेभारे हुँदै सिन्धुपाल्चोकको मेलम्चीसम्मको सडक–खण्डलाई बैकल्पिक राजमार्ग घोषणा गरी राष्ट्रिय योजनामा राखेर काम गर्न माग गरेको छ ।
टोलीको तर्फबाट शंखरापुर नगरपालिकाको श्री चाँपाबोट उच्च माविका पूर्व प्रधानाध्यापक भरतमणी ढुङ्गानाले मन्त्री महरालाई ज्ञापन बुझाँउदै सिन्धुपाल्चोकका २४ गाबिस जोड्ने र चीनको तिब्बतसम्म जान बाटो छिटो हुने भएकोले यो सडक खण्डलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउन आग्रह गरे ।
अर्थमन्त्री महरालाई ज्ञापन पत्र बुझाँउन आएको टोलीले काठमाडौंको जर्सिङपौवादेखि सिन्धुपाल्चोकको हेलम्बु राजमार्गसंग अन्र्तगतको फड्केश्वरसम्म १३ किलोमिटर सडक तत्काल बिस्तार तथा कालोपत्रे गर्न माग गरेको छ ।
महराले सोधे : सिन्धुपाल्चोक यति छिट्टै पुग्न सकिन्छ र ?
ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री महराले सिन्धुपाल्चोकको मेलम्ची पट्टीको भागमा काठमाडौंबाट छिट्टै पुग्न सकिने आफूले पहिलो पटक थाहा पाएको भन्दै बाटोको अवस्थाको बारेमा जिज्ञासा राखेका थिए ।
उनले साँखु–फड्केश्वर–मेलम्ची सडकखण्डलाई सिन्धुपाल्चोक जोड्ने बैकल्पिक राजमार्गको रुपमा बिस्तार गर्न आफुले पहल गर्ने जानकारी दिए । उनले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग समन्वय गरेर ज्ञापनपत्रमा उल्लेख गरेका कुराहरुलाई सम्बोधन गर्ने बताए ।
काठमाडौंको रत्नपार्कदेखि जोरपाटी, साँखु, लप्सेफेदी, नाङ्लेभारे हुँदै सिन्धुपाल्चोकको मेलम्ची सम्म यो सडकखण्डको लम्बाई ४४ दशमलव ८ किलोमिटर रहेको छ ।
काठमाडौंदेखि बनेपा हुँदै मेलम्ची पुग्न ७० दशमलव २ किलोमिटर लाग्नेमा बैकल्पिक बाटोबाट झन्डै आधा समयमा सिन्धुपाल्चोक पुगिने स्थानीहरुले जानकारी दिए ।
सिन्धुपाल्चोकका एक चौथाई भू–भागका साथै चीनको तिब्बत जोड्न समेत छोटो दुरी पर्ने यो सडक खण्ड बर्षौदेखि मर्मत तथा बिस्तार हुन् नसक्दा लाखौ जनताले दुःख र सास्ती पाएको स्थानीय शिक्षक भरतमणी ढुङ्गानाले जानकारी दिए ।
झन्डै २ बर्ष अघि ग्रामीण पुनर्निर्माण तथापुनस्र्थापन परियोजनाले काठमाडौको लप्सेफेदी गाविसको जरसिंहपौवादेखि सिन्धुपाल्चोकको फट्केश्वरसम्म १३ किलोमिटर सडकको विभिन्न खण्ठमा कालोपत्रे गरेपनि यतिबेला कालोपत्रे गरेको सडकको भाग भेट्न समेत मुस्किल पर्ने गरेको माओबादीका कार्यकर्ता घनश्याम दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण