बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बिद्यालय पुनः निर्माणमा राजेश हमाल

बिहीबार, २१ पुस २०७३, १८ : ३८
बिहीबार, २१ पुस २०७३

काठमाडौं । अभिनेता राजेश हमाल शैक्षिक संस्था पुनः निर्माणमा जुटेका छन् । घाँसी आर्दश समाज नेपालले देशमा गएको विनाशकारी भुकम्पले क्षति पु¥याएका दर्जन बढी विद्यालयको पुनःनिर्माण कार्य अगाडि बढाएको छ । यो अभियानमा हमाल पनि जोडिएका हुन् ।

घाँसीनेपाल आदर्श समाजले दर्जन बढी ठाउँका स्कुल निर्माणको काम अगाडि बढाएको बिहिबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । समाजले जनकल्याण उच्च मावि गोहरे गोरखा, भीमसेन प्रावि बोर्लाङ गोरखा, राधा उच्च मावि जामुने तनहुँ, तारेभीर प्रावि गोकर्णेश्वर काठमाडौं, गागलफेदी हर्ष निमावि कागेश्वरी काठमाडौं, बालबोध मावि रामकोट काठमाडौ लगायतका स्कुलको पुनर्निर्माण काम गरिहेको छ ।

गोरखा जिल्लाको जनकल्याण उच्च माध्यामिक विद्यालय र तनहुँको राधा उच्चमा.वि. हस्तान्तरण छिट्टै हुने समाजका अध्यक्ष माधबप्रसाद घिमिरले बताए ।

– आफु सामाजिक कार्यमा कहिलै पछि नपरेको अभिनेता हमालले बताए ।

– देशमा आएको विनाशकारी भुकम्पले देशको भविष्यका कर्णधार बालबालिको शिक्षामा पनि असर पु¥याएको भन्दै हमालले घाँसी नेपालसँग सहकार्य गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप