बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

नेपथ्यले टुँडिखेल तताउने

बिहीबार, २१ पुस २०७३, १९ : ०८
बिहीबार, २१ पुस २०७३
काठमाडौ -  नयाँ वर्षको स्वागत सहित यो शनिबार लोकरक सांगीतिक समूह नेपथ्य प्रस्तुत हुँदैछ । काठमाडौं श्रोतालाई नयाँ कृति पनि पस्कने र नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्तको विद्यार्थीकालीन भावनालाई अहिलेका तन्नेरीहरु माँझ घन्काउँने नेपथ्यको उदेश्य हो । ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन बेरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ सरुभक्तले यो गीत स्नातकोत्तरको अध्ययन गर्न २०३९ सालमा कीर्तिपुर आउँदाताका तयार गरेका थिए । उनले पोखरा छाड्नै लाग्दा लेखेको यो गीतले संगीत काठमाडौं आएपछि पायो । समाजबाट अस्वीकृत वा समाजबाट प्रताडितका निम्ति जीवनमा सबैभन्दा चाँहिने कुरा प्रेम नै हो । निराशावादी चिन्तनबाट व्यक्त भएको त्यही प्रेम यो गीतमा छ ।’ सरुभक्तको रचनामा यसअघि पनि नेपथ्यले ‘खान्न म त लामपाते सुरती’, ‘यानीमाया’ र ‘सरुमा रानीको आँसुको कसम’ गाइसकेको छ भने विक्रम गुरुङको संगीत यो पहिलो हो । शनिबार ‘पल्सर डेयर भेन्चर ग्राण्ड फिनाले’कै अवसरमा आयोजित कन्सर्टमा नेपथ्यले पहिलो पटक टुँडिखेलमा यो गीत गाउँदैछ । बेलुकी ठीक छ बजेदेखि सुरुहुने कन्सर्ट टिकट नभइ पूर्णयता निमन्त्रणामा आधारित छ । पासको व्यवस्था भने बजाज कम्पनीले उसका प्रत्येक शो रुमहरुमा गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप