अब छिट्टै नेपाल हिन्दुराज्य बन्छ : राज्यमन्त्री बानियाँ
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताले चाहेको खण्डमा नेपाल हिन्दुराज्य घोषणा हुने बताएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा विश्व हिन्दु परिषद् नेपाल, धरानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बानियाँले जनआन्दोलन ताका धर्मको बारेमा कुनै आवाज नउठेको र संविधानमा धर्म निरपेक्षता समावेश गरिएको बिषयमा जनताको आवाज उठ्ने थालेको भन्दै यदि जनताले हिन्दुराज्यको माग गरेको खण्डमा संविधान संशोधन गरेर हिन्दु राज्य कायम गर्न सकिने बताएका हुन्।
मन्त्री बानियाँले भने,‘हिजो जनताले चाहेर नै राजतन्त्रको अन्त्य भयो, जन–आन्दोलन मार्फत गणतन्त्र आयो भने नेपाललाई जनताले हिन्दुराज्य नै चाहिन्छ भनेको खण्डमा असम्भव हुने कुरै भएन।’
संविधान संशोधन र कार्यन्वयनको सन्दर्भमा सरकारले तत्काल चुनावको मिति घोषणा गरेर जनतालाई स्थायी सरकार छान्ने बातावरण सिर्जना गर्नको लागि सरकार लागि परिरहेको बताउँदै उनले भने,‘अब तत्काल संविधान संशोधन बिद्येयक पारित हुन्छ, मुलुकले निकास पाउँछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण