बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

एनआईसी एसिया बैंकको साक्षरता अभियान

बिहीबार, २१ पुस २०७३, १९ : २३
बिहीबार, २१ पुस २०७३

वीरगंज – एनआईसी एसिया बैंकको वीरगंज शाखाले आज वीरगंज उपमहानगरपालिका २९ सुगौली विर्तामा कृषि तथा लघु उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि तथा लद्यु उद्यम कर्जा सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बैंकबाट प्रदान गरिने कृषि तथा लघुउद्यम कर्जाहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा १५० भन्दा बढि स्थानीय कृषि तथा लघु उद्यमीहरुको उपस्थिती रहेको थियो ।

अब बैंकबाट यो सेवा अन्तर्गत व्यवसायिक कृषि कार्यका लागि रु. ५० हजार देखि १० लाख सम्म, लघु व्यवसाय गर्न रु. ७ लाख सम्मको कर्जा सरल र सहज किसिमले प्राप्त गर्न सकिने छ ।

यस किसिमको कर्जा सेवाबाट ग्रामीण भेगका किसान तथा लघु उद्यमीहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप