बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सुदुरपश्चिम खप्तड गोल्डकप शुरु

बिहीबार, २१ पुस २०७३, १९ : २९
बिहीबार, २१ पुस २०७३

कैलाली - काठमाडौँ – सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ फुटबल प्रतियोगिता आजदेखि धनगढीमा शुरु भएको छ ।

पहिलो पटक सुदुरपश्चिमा शुरु भएको गोल्ड कपको उदघाटन खेलमा भारतको पञ्जाब एफ.सी. क्लबले नेपालगञ्ज ११ लाई ३ – २ ले पराजीत गरेको छ ।

पञ्जावका लक्कीले दुई र रिमीले एक गोल गरे । नेपालगंञ्ज ११ का तर्फवाट विक्रम सिंह ठकुरीले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पायो । खेलको म्यान अफ द म्याच पञ्जावका गोलरक्षक गुरजित सिंह भए ।

दश दिनसम्म सञ्चालन हुने खेलमा तीन बिदेशी क्लबसमेत गरी १२ वटा ए डिभिजनका टिमहरुको सहभागीता रहेको छ ।

खेलमा संकटा, मनाङ्ग मस्र्याङदी, त्रिभुवन आर्मी, वेष्ट काठमाडौँ एफ सी, सहारा पोखरा, जगमम्बा लुम्बिनी, नेपालगञ्ज ११, सुदुरपश्चिम ११, दिल्ली एफ सी भारत, पञ्जाब एफ सि भारत, ड्रक स्टार एफ सि भुटान र ब्वाइज युनियन क्लब काठमाडौँ सहभागी रहेका छन् ।

प्रतियोगिताको बिजयी टिमले नगद ५ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानाएको छ ।

भोलिको खेल वेष्ट काठमाडौँ र ड्रुक स्टार भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप