नेपाल – इजिप्ट चेम्बर अफ कमर्स एन्ड र इन्डस्ट्रिज गठन
काठमाडौँ – नेपाल र अफ्रिकन मुलुक इजिप्टवीचको व्यापार आदानप्रदान गर्ने र दुई देशको आर्थिक विकासमा महत्वपुर्व योगदान पु¥याउने उदेश्यकासाथ नेपाल इजिष्ट चेम्वर अर्फ कमर्स एण्ड इन्डस्ट्रिज गठन गरिएको छ ।
इजिप्टसँग द्विराष्ट्रिय उद्योग वाणिज्य संघ गठन हुनु आफैमा गर्वको विषय वनेको नेपाल इजिप्ट चेम्वर अफ कमर्स एण्ड इन्डट्रिजका अध्यक्ष अखिलकुमार चापागाईले वताए ।
चेम्वरको सुभारम्भ समारोहका प्रमुख अतिथी उद्योग मन्त्री नविन्द्रराज जोशीले पछिल्लो पटक अन्तराष्ट्रिय मुलुकहरुसंग भइराखेको दुईदेशीय चेम्बर गठन प्रकृयाले वैदेशीक लागानी भित्र्याउने सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नेपालको इजिप्टसंगको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ ।
सन २०१६ को पहिलो ६ महिना १,१६,००० को निकासी गरेको छ भने आयात भने एक अर्व २८ करोड असि लाख २७ हजार रहेको छ । इजिप्टसंगको समग्र व्यापार घाटा भने ९९ करोड ९६ लाख रहेको छ ।
नव गठित कार्यसमितिमा अध्यक्ष अखिलकुमार चाँपागाई उपाध्यक्षहरुमा अनोज रिमाल, चाङ् अग्रवाल ,महासचिबमा उमेश रायमाझि, कोषाध्यक्ष जयन्द्र चुडाल सचिवमा जोत्सना श्रेष्ठ, शोभा ज्ञवाली रहेका छन् भने सदस्यहरुमा क्रमश स् अनुजमणि तिमल्सिना, विनय उपाध्याय ,खगेन्द्र सिटौला, जीवन भण्डारी, मिनमान श्रेष्ठ र पवन अग्रवाल रहनु भएको नेपाल इजिप्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण