सही कुटनीतिले कोरला नाका खुल्छ : मन्त्री थकाली
बागलुङ - वाणिज्य मन्त्री रोमी गौचन थकालीले नेपाल–चीन जोड्ने कोरला नाका खोल्न सही कुटनीति आवश्यक पर्ने बताएका छन्।
उद्योग वाणिज्य सङ्घ बागलुङको ५३ औँ वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै मन्त्री थकालीले भाषणले नाका नखुल्ने दाबी गर्दै नाका खोल्न चीन र भारत दुवै छिमेकीलाई विश्वासमा लिनुपर्ने उल्लेख गरे ।
“कोरला नाकाबारे बढी हल्ला–खल्ला भएको छ, यो नगरौं’ मन्त्री थकालीले भने, ‘सही कुटनीति प्रयोग गरौँ, नाका खुल्छ ।” मुस्ताङका सांसद् समेत रहनुभएका मन्त्री थकालीले सरकारले बजेट छुट्टाउँदैमा पनि नाका खुल्ने अवस्था नरहेको बताए ।
“चीनको राष्ट्रिय सुरक्षामा कुनै प्रश्न उठ्न दिनुहुन्न, यता भारतलाई पनि नाका खोल्दा नेपालमा चीनको प्रभाव बढेको महसुस हुनु हुन्न” मन्त्री थकालीले भने ।
“ठेकेदारले ढिलाइ गरेनन् भने आगामी तीन वर्षभित्रमा जोमसोमसम्म सडक कालोपत्रे हुन्छ, जसको लागि सरकारले चार अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्टाएको छ” मन्त्री थकालीले भने ।
उनले कोरला नाकासम्म पुग्ने सडकलाई पनि दुई ‘लेन’को बनाइएको उल्लेख गरे । आफूले वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि धेरै सुधारका प्रयास गरेको मन्त्री थकालीको भनाइ छ । उनले उद्यमी, व्यवसायीमैत्री नीति ल्याउन मन्त्रालयले गृहकार्य गरेको बताए।
कार्यक्रममा मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले मुलुकले आन्तरिक उत्पादन क्षमता बढाउनुपर्ने बताए । उनले निर्यातमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने पनि उल्लेख गरे ।
सो अवसरमा बागलुङका सांसद् प्रकाश शर्मा पौडेल, चम्पादेवी खड्कालगायतले जिल्लाको विकास र समृद्धिका बारेमा धारणा रखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण