परिमार्जनसहितको विधेयक पारित : अध्यक्ष यादव
विराटनगर - सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजनैतिक समस्या समाधानका लागि संविधान संसोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले दीर्घकालीनरुपमा द्वन्द्व समाधान हुने गरी संविधान संशोधन हुनुपर्ने स्पष्ट पारे ।
यथास्थितिमा संविधान संशोधन विधेयक पारित भएपनि आपूmहरूलाई मान्य नहुने उल्लेख गर्दै उनले परिमार्जनसहितको विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याए ।
उनले संविधान संशोधन विधेयकमा सीमाङ्कनको विषयमा निर्णय गर्नुपर्ने र यसका लागि संसदले बाटो खोल्नसक्ने जिकिर गरे ।
उनले संविधान संशोधन राजनीतिक समस्या समाधानको उत्तम उपाय भएकाले संविधानलाई सर्वमान्य बनाउन सबै दलले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
अध्यक्ष यादवले संविधान संशोधन विधेयक पारित नभए कुनैपनि निर्वाचन हुन नसक्ने पनि स्पष्ट पारे । उनले संवैधानिक विवाद देखाएर सीमाङ्कनको समस्या समाधान नगर्ने खेल भईरहेको आरोपसमेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण