बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

दुर्घटनापछि सप्तरीको खरचुईयामा झडप, नौ राउण्ड अश्रुग्याँस प्रहार

बिहीबार, २१ पुस २०७३, २० : ०२
बिहीबार, २१ पुस २०७३
काठमाडौं–सप्तरीको खरचुईया भन्ने स्थानमा प्रहरी र स्थानियहरु बिच झडप भएको छ । पुर्व–पश्चिम राजमार्गको खरचुईयामा बिहीबार दिउँसो ना.२ ख ६१८० नम्बरको ट्रकले ठक्कर दिँदा ११ बर्षीय बालक अर्जुन रामको मृत्यु भएपछि स्थानियहरुले राजमार्ग अवरोध गरेका थिए । ‘राजमार्ग अवरोध गरेर ट्रकमा आगजनी गर्न खोजेपछी लाठीचार्ज गरिएको हो’ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख (एसपी) दिवेश लोहनीले भने, ‘भिड नियन्त्रणका क्रममा नौ राउण्ड टियर ग्याँस प्रहार गरिएको छ ।’ स्थानियहरुले पेट्रोल छर्केर ट्रकमा आगजनी गर्न खोजेका थिए । लाठीचार्ज पछि ट्रक आगजनी हुनबाट जोगिएको र चालकको सकुसल उद्दार गरिएको सप्तरी प्रहरीले जनाएको छ । हस्तक्षेपका क्रममा स्थानियवासिन्दा प्रतिकारमा उत्रेपछि ईलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरिक्षक राजेन्द्रप्रसाद यादब सहित चार प्रहरी घाइते भएको प्रहरी उपरिक्षक लोहनीले जानकारी दिए । निरिक्षक यादबको टाउकोमा चोट लागेको छ । उक्त १२ जना सर्वसाधारण समेत घाइते भएको स्थानियले जानकारी दिए । घटनापछि बिहिवार दिउसो ४ वजेदेखि दुईघण्टा सम्म पुर्व पश्चिम राजमार्गको खरचुहिया खण्डमा आवागमन अबरुद्ध भएको थियो भने स्थिती तनावपूर्ण बनेको थियो । सो क्षेत्रमा ब्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप