बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा बझाङमा एक जनाको मृत्यु

शुक्रबार, २२ पुस २०७३, १० : ४५
शुक्रबार, २२ पुस २०७३

बझाङ – मोटरसाइकल दुर्घटना हुँदा बझाङमा एक जनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका २ घर भएका २३ वर्षीय कविन्द्र बमको बा ४४ प ५५०६ नम्बरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

जयपृथ्वी नगरपालिकाको भोपूरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका बम्मको जिल्ला अस्पतालमा उपचार हुन नसकेपनि उपचारका लागि डडेल्धुरा क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा बमको हिजो राती १ बजेर २० मिनेटमा डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप