पौस्टिक आहार तितो भएपछि विद्यार्थीले खान छाडे
जाजरकोट - यहाँका १८ गाविसका प्राथमिक र निम्न माध्यमिक विद्यालयमा वितरण गरिएको पौस्टिक आहार तितो भएपछि विद्यार्थीले खान छाडेका छन् ।
शिक्षाका लागि खाद्य कार्यक्रमद्वारा वितरण गरिएको पौस्टिक आहार विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि बल पुगोस् भनी लागू गरिएको हो ।
तितो पौस्टिक आहार खाँदा विद्यार्थीले पेट दुख्यो भनी उल्टी गर्ने गरेको शिक्षकको भनाइ छ । पौस्टिक आहार अर्थात दिवा खाजा सुरुका दिनमा राम्रो भएपनि विस्तारै यसको गुणस्तरमा समस्या आएको प्रयोग गर्ने विद्यालयले बताएका छन् ।
हिमालय प्रावि, मङ्सिरीका बाल शिक्षामा पढाउने शिक्षिका मनिषा सिंहका अनुसार सुरुका दिनमा यहाँका बालबालिकाले पौस्टिक आहार रमाइरमाइ खाने गरेका थिए, अहिले तितो भएपछि पौस्टिक आहारको नाम नै लिन चाहँदैनन् ।
त्यस्तै, भगवती प्रावि भगवतीका विद्यार्थीले पनि तितो भएको भन्दै खान छाडेका छन् । तितो भयो भनी सरोकारवाला निकायलाई खबर गरेपनि सुनुवाइ नभएको विद्यालयले बताएका छन् ।
पौस्टिक आहार ढुवानी गरी बाटोमा लाँदा र राख्दा ठाउँको अवस्था राम्रो नभएको पाइएको छ । कहिलेकाहीँ पौस्टिक आहार पिठोको रङ नै बदलिएको आउने गरेको समेत विद्यालयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण