चिसोका कारण सिरहामा एक वृद्धको मृत्यु
शुक्रबार, २२ पुस २०७३, ०४ : ५९
लहान - विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ ।
जाडोबाट कठ्याङ्ग्रिएर सिरहाको धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको विहिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाकै सन्हैठ–२ स्थित पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्यधिक जाडोले कठ्याङ्ग्रिएर बरीयारपट्टि चोकमा यादवको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरीक्षक दिलबहादुर दनुवारले जानकारी दिए ।
विगत केही दिनदेखि बढेको जाडोका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण स्वास्थ्य संस्थामा निमोनिया, श्वासप्रश्वास, टाइफाइड, रुघाखोकी र कोल्ड डाइरियाका बिरामीको चाप बढ्न थालको छ ।
चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण