चुचुरेमा जलविद्युतको काम ९० प्रतिशत पूरा
रामेछाप - रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २.८३ मेगावाटको जलविद्युतको काम ९० प्रतिशत पूरा भएको आयोजनाका लेखा प्रमुख दिलु कार्कीले बताएका छन्।
चाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत् प्रसारण गरिने घर समेत बनिसकेको छ । २.८३ मेगावाट क्षमताको विद्युत् प्रसारणलाई केन्द्रीय जलविद्युत्सँग जोड्नलाई तार लाइन दोलखाको जिरीसम्म पु¥याइ सकिएको छ ।
विद्युत् प्रवाह हुँदा रामेछापको चुचुरे गाविसका १, २ र ३ वडाका नागरिकलाई सामान्य सेवा पुग्नुका साथै केन्द्रीय लाइनमा विद्युत् थपिएसँगै यो क्षेत्रमा विद्युत् थप भई विद्युत्भार कटौती नहुने आयोजनाले जनाएको छ ।
स्वदेशी लगानीमा निर्माण भइरहेको जलविद्युत् आयोजना रु ५० करोडको लागतमा सम्पन्न हुने भएको छ भने यसको लगानी चुचुरेका स्थानीयवासी, दोलखाका श्यामावासी र क्षेत्र नम्बर २ रामेछापका सांसद आङटावा शेर्पालगायतको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण