साठी घरको एउटा कुवा, तीनदिनमा एकगाग्री पानी
सल्यान - पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ की त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ ।
जिल्लाको कुपिन्डे गाविस–४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ । गाउँका ६० परिवारले प्रयोग गर्दै आएको कुवामा पानी सुक्दै गएपछि गाउँमा पानीको चरम अभाव भएको हो ।
गाउँको वरिपरि कुवाबाहेक अन्य कुनै स्रोत नहँुदा बस्ती नै सङ्कटमा पर्न थालेको छ । गाउँमा खानेपानीको अभाव हुन थालेपछि पशु चौपायासमेत सङ्कटमा पर्न थालेको स्थानीय बताउँछन् ।
पहिले यही कुवाबाट गाउँमा सबैलाई पानी पुग्ने थियो अहिले जनसङ्ख्या बढ्नुका साथै कुवा पनि सुकेपछि गाउँमा पानीको अभाव भएको स्थानीय रामबहादुर यरीले जानकारी दिए । गाउँमा आउने न त कुनै पानीको स्रोत छ, नत बोकेर ल्याउने ठाउँ छ, यरीले भने ।
गाउँमा भएको पानीको अभाव भएसँगै मानिस बसाइँ सर्न थालेका छन् । गाउँमा पानीको स्रोत भएन, मानिस ढोरपिपल र अन्य जिल्लामा बसाइँ सर्न थालेका छन्, स्थानीय वीरबहादुर विकले भने।
“पहिले कुवामा पानीको मुहान ठूलो थियो, गाउँमा जनसङ्ख्या पनि कम थियो, अहिले मुहान सुकेको छ, बस्ती बढेकाले समस्या दिनप्रतिदिन बढ्दै गएको छ”, विकले भने ।
“बस्तीमा खानेपानीको अभाव भएपछि मानिस बसाइँ सर्न थालेको स्थानीयबासी रमेश विकले बताउनुभयो । गाउँमा खानेपानीको अभाव छ, अहिलेसम्म सात घर बसाइँ सरेर गइसके यहाँ बस्ने परिवारले पनि पशु चौपाया घटाउँदै छन्,” विकले भने ।
“पानीकै लागि एकजना परिवारको सदस्यको दैनिकी नै कुवामा कुर्ने हुन्छ, बिहान ३ बजेदेखि लाइन लागेर पनि पालो आउँदैन आए पनि तीन दिनमा एक गाग्री पानी आउँछ,” स्थानीय सुन्तली यरीले भनिन् । पानीको अभावसँगै घरमा निर्माण गरिएका शौचालय समेत प्रयोगविहीन हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण