बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

प्रेस सेन्टरको अध्यक्षमा कोइराला

शुक्रबार, २२ पुस २०७३, ११ : ३०
शुक्रबार, २२ पुस २०७३

उदयपुर –प्रेस सेन्टर उदयपुरको अध्यक्षमा तुलसी प्रसाद कोईराला चयन भएका छन् । प्रेस सेन्टर उदयपुरको विहिबार बसेको बैठकले कोईरालालाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य मोहन बहादुर खत्री र जिल्ला संयोजक विनोद कटुवालको उपस्थितिमा बसेको बैठकले कोईरालालाई सेन्टरको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको सेन्टरका सचिव विदुर कटुवालले बताए ।

सचिव कटुवालका अनुसार सेन्टरको गएको साउन १८ गते सम्पन्न एकताका प्रथम अधिवेशनको निर्णय अनुसार सुवास किराँतीबाट कोईरालामा अध्यक्ष पद हस्तान्तण गरिएको हो ।

‘अधिवेसनले सुवास किराँतीलाई पुस मसान्त सम्म अध्यक्ष तोकेको थियो ।’ कटुवालले भने ‘ किरातीको अवधि पुरा भएपछि बैठकबाट कोईरालालाई पद हस्तान्तरण गरिएको हो ।’

अन्य पदाधिकारी यथावत रहने सचिव कटुवालको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप