सडक दुर्घटनामा परेका जीबनलार्इ एनआरएन युएर्इको सहयोग
युएर्इ - सवारी दुर्घटनामा परेर गम्भिर घाईते भएका झापा,सुरूङ्गा ३ का जीवन रानाको उपचारको लागी गैर आवासीय नेपाली संघ यूएईले आर्थिक सहयोग गरेको छ ।
गैर आवासीय नेपाली संघ यूएई अध्यक्ष सुदीप कार्की र सहयोग संकलन समितिका संयोजक एनआरएन युएर्इका उपाध्यक्ष रमेश श्रेष्ठ अस्पताल पुगी पहिलो चरणको आर्थिक सहयोग पैतालिस सय दिराम १लाख ३५ हजार रूपैया बिरामीलार्इ हस्तान्तरण गरेका हुन् ।
यसै गरी संघकै आह्वानमा झापाली समाज युएर्इले पनि एकचालिस सय १० दिराम (१ लाख २३ हजार) रूपैयाँ आज नै सहयोग हस्तान्तरण गरेको छ। नागरिक सेवा समाज यूएई द्वारा ५०० दिराम ,ईनास यूएई र पत्रकार महासंघबाट पनि आर्थिक संकलन भईरहेको छ।
गत डिसेम्बर २५ तारिक बाटो काट्ने क्रममा सबारी साधनले ठक्कर दिर्इ ढाडको दुर्इबटा हड्डी र खुट्टा भाँचिए पछि जीवनलार्इ उपचारार्थ सारहजा स्थित कुबेती अस्पतालको अर्थोपेडिक वार्डमा उपचार लगिएको थियो। भने अहिले अप्रेशनको लागी फुजेरा अस्पतालमा राखिएको छ।
डक्टरको भनार्इ अनुशार उनको उपचारको लागी कम्तिमा बिस हजार दिराम आर्थित (६ लाख) रूपैयाँ लाग्ने बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण