बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

फ्राइडे मुभी : भ्रमसँग टक्करमा आयो अचानक

शुक्रबार, २२ पुस २०७३, १२ : ०५
शुक्रबार, २२ पुस २०७३

काठमाडौं – दर्शकलाई मनोरन्जन दिलाउने उदेश्यले आज शुक्रबारबाट देशभर दुई चलचित्र प्रदर्शनमा आए । ति हुन् ‘भ्रम’ र ‘अचानक’ । फ्राइडे रिलिजको परम्परा धान्दै यी दुबै चलचित्र प्रदर्शनमा आएका हुन् । ‘भ्रम’ रबिन्द्र शाहीको निर्देशन रहेको चलचित्र हो, भने ‘अचानक’का निर्देशक देशभक्त खनाल रहेका छन् ।

‘भ्रम’

सस्पेन्स कथामा थ्रिलर पाराले निर्माण भएको चलचित्र हो भ्रम । कर्मा शाक्य र भिन्तुना जोशीको मुख्य अभिनय रहेको यो चलचित्रमा खुस्बु खड्काको पनि अभिनय रहेको छ ।

निर्माता श्याम ल्वागुना र सुरेश गमालले निर्माण गरेको यो चलचित्र कृष्ण श्रेष्ठले खिचेका हुन् । चलचित्रमा कुमार महर्जनको द्वन्द्व र रक्की धसुको संगीत छ । पटकथा तथा संवाद राधा श्रेष्ठ र श्याम श्रेष्ठले तयनार पारेका हुन् । नेवारी चलचित्र निर्देशन गर्दै आएका रबिन्द्रको यो पहिलो नेपाली चलचित्र हो ।

‘अचानक’

केही पहिले प्रदर्शनमा आएको चलचित्र हो अचानक । अहिले फेरी अचानककै प्रदर्शनमा आएको छ । चलचित्रमा निखिल उप्रेती, दिलिप रायमाझी, गौरी मल्ल, जेसिका खड्का, उषा पौडेल, रेजिना उप्रेती, सुनिल थापा, सुनिलदत्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रलाई सरोज शर्माले निर्माण गरेका हुन् । अहिले बितरण पनि उनले गरेका छन् ।

जन्म, प्रेम, बिबाह, बिछोड, द्धन्द्ध, कलह, दुश्मनी, मृत्यु सबै कुरा अचानक हुन्छ, जे पनि हुन्छ थाहै नदिई अचानक हुन्छ भन्ने विषय चलचित्रले उठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप