जलेश्वर नगरपालिकाको बजेट तेइस करोड
गौशाला - महोत्तरीको जलेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २३ करोड ४३ लाख २१ हजार बजेट प्रस्तुत गर्दै आज आफ्नो २१औँ नगरपरिषद् सम्पन्न गरेको छ ।
जलेश्वर नगरपालिकाकै परिसरमा भएको सो परिषद्मा जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले आव २०७४÷७५ का लागि चालु खर्चतर्फ रु आठ करोड नौ लाख २५ हजार र पुँजीगत खर्चतर्फ रु १५ करोड ३३ लाख ९६ हजारसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
नगरपरिषद्ले आव २०७४÷७५ का लागि जलेश्वर नगरक्षेत्रमा पर्यटन प्रवद्र्धन, प्रवेशद्वार, सडक निर्माण, शौचालय, ढल, वृक्षरोपण र जलेश्वर महोत्सव गराउनेलगायत प्रस्ताव पारित गरेको छ । नगरपरिषद्को २०औँ परिषद्बाट पारित रु आठ करोड १४ लाख ८३ हजार बजेटमध्ये चालुतर्फ रु चार करोड १६ लाख ७८ हजार खर्च भएको तथा प्ुँजीगततर्फ रु तीन करोड ४२ लाख ९५ हजार खर्च गरिएको जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण