बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

शुक्रबार, २२ पुस २०७३, ०८ : ०५
शुक्रबार, २२ पुस २०७३

मोरङ - मोरङसँग सीमा जोडिएको इलामको साग्फारामा जङ्गली हात्तीको आक्रमणबाट आज दिउँसो एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साग्फारा – २ का ८४ वर्षीय जयबहादुर लिम्बू रहेको मधुमल्लास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश वान्तवा राईले जानकारी दिए ।

लिम्बूलाई आज बिहान आफ्नै घरअगाडिको बाटोमा हिँड्दै गर्दा जङ्गली हात्तीले आक्रमण गरेको थियो । गम्भीर घाइते हुनुभएका उहाँलाई उर्लाबारीस्थित अरनिको अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा आज १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप