बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

काठसहित काठ तस्कर पक्राउ

शुक्रबार, २२ पुस २०७३, ०६ : १३
शुक्रबार, २२ पुस २०७३

सोलुखुम्बु - दूधकुण्ड नगरपालिका– ५ सोलुखुम्बुका फुर्वा शेर्पालाई जिल्ला वन कार्यालयका अनुगमन टोलीले दुई सय २२ थान काठसहित पक्राउ गरेको हो ।

वन कार्यालयका कर्मचारी नियमित गस्तीमा रहेका बेला आज बिहान करिब– ५ बजे सोलु खोला नजिक तीनजना कामदारले बिना टाँचाका काठ बोकेर लैजाँदै गरेको फेलापारेका थिए । प्राप्त सूचनाको आधारमा छानबिन गर्दा फुर्वा शेर्पाको घरमा थप दुई सय ६ थान काठ बरामद भएको जिल्ला वन अधिकृत मेघराज राईले जानकारी दिए ।

कार्यालयले बरामद काठ र पक्राउ परेका शेर्पासहितका चार जनालाई सामुदायिक प्रहरीलाई जिम्मा लगाएको छ । तीनजना कामदारले भने आफूहरु ज्यालामा काम गरेको बताएका छन् । फुर्वा भने लामो समयदेखि अवैधरुपले काठ व्यापार गर्दै आएको खुलेको जिल्ला वन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप