डेढ लाख रुपैयाँ सहित १२ जना जुवाडे पक्राउ
दाङ – जिल्ला प्रहरी कार्यालय दाङले झण्डै डेढ लाख रुपैयाँसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको नुवागाउँ गाविस ६ बस्ने खिमबहादुर घर्ती, रोल्पाको सखी गाविस ४ बस्ने बालाराम केसी, बुढागाउँ गाविस ७ बस्ने गणेश घर्ती, नुवागाउँ ९ बस्ने शेरसिंह वन्दिपुरे, सोही गाविस ७ बस्ने मोतिराम बुढा, बुढागाउँ ९ बस्ने लालबहादुर कामी, रहेका छन् ।
घोराही १० नयाँबसपार्कमा रहेको नुवागाउँले होटलबाट एक लाख १३ हजार नगद र ३ गड्डी तास सहित प्रहरीले उनीहरुलाई जुवाखेलीरहेको समयमा पक्राउ गरेको हो । होटेल संचालक खिमबहादुर घर्तीले जुवाखेलाइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले होटेल धनीलाई पनि पक्राउ गरेको छ ।
त्यसैगरी घोराहीको नयाँ बजारबाट २७ हजार ३ सय रुपैयाँ सहति ५ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको कोर्टगाउँ गाविस ५ बस्ने देउसिंह घर्ती, राङचे गाविस ५ बस्नेत नन्द किशोर डाँगी, सोही ठाउँका चन्द्रत्रबहादुर पुन, रुकुम चुनवाङ गाविस २ बस्ने बिकी श्रेष्ठ र राङसी गाविस जयबहादुर डाँगी रहेका छन् । केएनके होटेलमा जुवा खेलाइरहेको भन्ने सुचनाका आधारमा गएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी जारी मुद्दामा ३ बर्ष देखि फरार एक महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ । पक्राउ पर्नेमा पुरन्धारा गाविस २ हापुरे बस्ने खुमा केसी रहेको प्रहरीले बताएको छ । उनलाई सुमित पुनको जाहेरीले दाङ देउखुरी जिल्ला अदालतले २०६९ साल चैत्र १४ गते जारी मुद्दामा एक महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसाला गरेको थियो । पक्राउ परेकी महिलालाई प्रहरीले जिल्ला अदालतमा बुझाएको छ ।
त्यस्तै रक्सीको नसामा गाडी चलाएर सवैलाई तर्साउने एक सवारी चालक दाङमा पक्रउ परेका छन् । पक्राउ पर्नेमा ना४ख ६२५३ नम्बरका बस चालक लोकेन्द्र बस्नेत रहेका छन् । यात्रु त्रसित हुने गरि बस चलाइरहेको जानकारीका आधारमा गएको प्रहरी टोलीले पक्राउ गरि सार्वजनिक मुद्दा चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण