होटल बाराही अन्तर्राष्ट्रिय सूचीमा
चितवन - चितवन राष्ट्रिय निकुञ्जभित्रका सात होटल बन्द भएपछि उच्चस्तरका पर्यटक नभित्रिने हुन् कि भन्ने चिन्ता भइरहेका बेला यहाँको एक होटल जिम्मेवार पर्यटन व्यवसाय गर्न सफल भएकामा अन्तर्राष्ट्रिय सूचीकरणमा परेको छ । अमेरिकी न्युज पोर्टल ‘सिएनएन’ले भूकम्पपछि थलिएको नेपालको पर्यटनलाई पुनःजागृत गर्न भूमिका खेल्न सक्ने भन्दै नेपालका पाँच बुटिक (साना) होटलको सूचीकरण गरेको छ । चितवनको मेघौलीस्थित चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको होटल बाराही जङ्गल लज पनि पहिलो पटक सूचीकृत रिसोर्टमा परेको छ । होटलका प्रबन्ध निर्देशक विप्लव पौडेलका अनुसार होटल निर्माणदेखि सञ्चालन क्रममा समेत प्रकृतिमैत्री बनाइएको छ । मौलिक कलाले सजिएको होटलमा प्लास्टिक प्रयोग गरिँदैन भने बायोग्यास प्लान्टबाट खाना पकाइन्छ । बीस बिघा क्षेत्रफलमा फैलिएको होटल परिसर हरियाली रुखबिरुवाले भरिएको छ । तीमध्ये नौ बिघामा रिसोर्टले जैविक खेती गरेको छ । बाराहीबाटै गैंँडालगायत वन्यजन्तु आँखै अगाडि देख्न सकिन्छ । रु ३५ करोडको लागतमा निर्माण गरी सन् २०१४ देखि सञ्चालनमा आएको होटल निर्माणका क्रममा पनि तडकभडकभन्दा प्रकृतिमैत्री सामग्री प्रयोग गरिएको प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो । होटलमा उच्चस्तरका पर्यटक भित्रिने गरेका छन् । यहाँ आउनेमध्ये नेपाली र भारतीय ३० प्रतिशत तथा अमेरिकी, युरोपेलीलगायत ७० प्रतिशते छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण