बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बलात्कारीलाई पाँच वर्ष कारागार

शुक्रबार, २२ पुस २०७३, ०६ : २१
शुक्रबार, २२ पुस २०७३
सल्यान - बलात्कारको आरोपमा परेका एक व्यक्तिलाई सल्यान जिल्ला अदालतले आज पाँच वर्ष तीन महिना कैद र रु ५० हजार जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजलासले फालाबाङ–४ का रमेश रेउलेलाई उक्त सजायको फैसला गरेको हो । रेउलेलाई गत असार ३० गते बलात्कारको अभियोग लागेको थियो । जरिवानावापतको रकम पीडितलाई राहतस्वरुप उपलब्ध गराइने जिल्ला अदालत सल्यानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप