बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मेस्सीले जोगाए बार्सिलोनालाई, तर रियलभन्दा अझ पछि पर्यो

सोमबार, २५ पुस २०७३, ११ : ४२
सोमबार, २५ पुस २०७३
बार्सिलोना – लियोनेल मेस्सीले अन्तिम मिनेटमा फ्रिकिक मार्फत बराबरी गोल गर्दै बार्सिलोनालाई भिल्लेरियालसँग पराजित हुनबाट जोगाएका छन् । तर, बराबरीसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ५ अंकले पछि परेको छ । ३९ खेलमा अपराजित रहँदै बार्सिलोनाको किर्तिमान बराबरी गरेको रियलको ४० अंक रहेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ अंक रहेको छ । रियलले बार्सिलोनाभन्दा १ खेल कम खेलेको छ । सिजनको १४ औँ गोल गर्न अघि मेस्सीको प्रहार पोस्टमा लागेको थियो भने उनको अर्को प्रहार भिल्लेरियालको डिफेन्डर ब्रुनोको हातमा लागेपनि पेनाल्टी दिइएन । यसअघि, निकोला सानोसेले अलेक्जान्डर पाटोको पासमा खेलको ४९ औँ मिनेटमा गोल गर्दै भिल्लेरियाललाई अग्रता दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप