बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

सोमबार, २५ पुस २०७३, १४ : १०
सोमबार, २५ पुस २०७३

कालीकोट - जिल्लाको भर्ता गाविसमा गएराति ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर सहचालक मान्म गाविस–२ निवासी १८ वर्षीया प्रेम नेपाली र मान्म–४ निवासी २१ वर्षीया देवी विक रहेका छन् ।

लु१त ५७२२ नंको ट्र्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खाजेपछि भर्ता गाविसको हुल्म बजारमा दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

अनुसन्धानका लागि गाडी साहु देवमणि आचार्यलाई प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप