ट्रम्पलाई किमको जवाफ : हामी जतिबेला पनि अमेरिकासम्म हान्ने मिसाइल चलाउन सक्छौँ
प्योङयाङ – उत्तर कोरियाले आफूहरु जुनसुकै बेला अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र प्रहार गर्न सक्ने बताएको छ ।
यसअघि नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको दाबीलाई झुठो भएको संज्ञा दिएका थिए ।
नयाँ वर्षमा उत्तर कोरियाका नेता किम जोङ उनले आफूहरु अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र परिक्षण गर्न नजिक रहेको बताएका थिए । नयाँ वर्षको सन्देशमा किमले उक्त मिसाइल अमेरिकासम्म पुग्ने दाबी गरेका थिए ।
आइतबार वक्तव्य जारी गर्दै उत्तर कोरियाका विदेश मन्त्रीले आफ्नो देशले क्षेप्यास्त्र कार्यक्रमलाई अघि बढाउनुमा अमेरिका सम्पूर्णरुपमा दोषी भएको बताएका छन् ।
यसको प्रतिक्रियामा अमेरिकी रक्षामन्त्रालयका सचिव एस कार्टरले यसलाई ‘गम्भिर चुनौती’ बताउँदै अमेरिकाले आफ्नो तर्फ वा आफ्ना सहयोगी राष्ट्रतर्फ आउने कुनै पनि क्षेप्यास्त्रलाई रोक्न तयार रहेको बताए ।
यता, चीन र दक्षिण कोरियाले पनि उत्तर कोरियाको दाबीलाई खण्डन गरेको छ । यसको साथै, त्यस्तो क्षेप्यास्त्रको परिक्षण गरे थप प्रतिबन्ध लगाइने चेतावनी दिएको छ ।
अन्तर्राष्ट्रिय समूदायले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउँदै आए पनि उसको आणविक कार्यक्रममा रोक लगाउन भने असफल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण