धामीझाँक्रीको भरमा बस्दा पाठेघर फुटेकी गर्भवतीको ज्यान बच्यो, बच्चा बचेन
खोटाङ - सुत्केरी ब्यथाका क्रममा पाठेघर फुटेकी खोटाङकी एक गर्भवती आमाको पेटबाट मृत बच्चा निकालिएको छ ।
चौबीस घन्टाभन्दा बढी समयसम्म सुत्केरी ब्यथा लागेकी दोर्पा चिउरीडाँडा–७ की इन्द्रकुमारी भुजेलको पेटबाट शल्यक्रिया गरेर मृत अवस्थाको बच्चा निकालिएको हो ।
पाठेघर फुटेर सिकिस्त बनेको अवस्थामा जिल्ला अस्पताल दिक्तेलमा ल्याइएकी भुजेलको एमडिजिपी डा नारायण बराल, मेडिकल अधिकृतद्वय शैलेन्द्र श्रेष्ठ र अशोक गिरीको टोलीले शल्यक्रिया गरेर मृत बच्चा निकालिएको महिलाका आफन्तले बताएका छन् । भुजेलले १६ महिनाकै जन्मान्तरमा तेस्रो बच्चा जन्माउन लागेको खुलेको छ ।
धामीझाँक्रीको भरमा बस्दा ढिला गरी अस्पतालमा ल्याइएकी भुजेलको शल्यक्रिया गर्न चारघन्टा समय लागेको उपचारमा संलग्न डा बरालले बताए । डा बरालका अनुसार ब्यथाकै क्रममा सुत्केरी महिलाको पाठेघर फाटिसकेको पाइएको थियो ।
सुत्केरीको जीवन बचाउका लागि लिच्कीराम्चेका रमेश राई र नेपाली सेनाका एक जवानबाट आवश्यक रगत जुटाइएको थियो । मृत्युको मुखबाट बचाइएकी महिलालाई थप उपचारका लागि सोमबार हेलिकोप्टर चार्टर गरेर प्रसूतिगृह, थापाथली, काठमाडौँ पठाइएको छ ।
महिलाको अवस्था अहिले सामान्य बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ । भुजेल दम्पतीका दुई छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण