रुकुममा दुई करोडमा आठवटा झोलुङ्गे पुल
रुकुम - पहाडी जिल्ला रुकुममा गत आवमा मात्र आठवटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् ।
जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, गाविसलगायतका निकायको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण भएका हुन् ।
सरकारले तुइनलाई विस्थापित गरेर सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम सुरु गरेपछि जिल्लामा गत आवमा मात्र आठवटा झोलुङ्गे पुल निर्माण भएको जिल्ला विकास समिति रुकुमले जानकारी दिएको छ ।
जिल्लाका विभिन्न ठाउँमा रहेका खोलामा पुल निर्माण भएपछि यहाँका सर्वसाधारणलाई आवतजावत गर्न निकै सहज भएको छ । योसँगै जिल्लामा अहिलेसम्म ९० वटाभन्दा बढी झोलुङ्गे पुल निर्माण भइसकेको र १२ वटाभन्दा बढी पुलको निर्माण कार्य सुरु भएको जिल्ला विकास समिति रुकुमका सूचना अधिकारी चिन्तामणि दाहालले जानकारी दिए ।
सरकारले खोलामा रहेका तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएसँगै जिल्लामा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमले प्राथमिकता पाएर तीव्र गतिमा पुल निर्माण कार्य भइरहेका छन् ।
आगामी दिनमा पनि जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिने लक्ष्यका साथै जिल्लाका सबै आवश्यक ठाउँमा सर्वेक्षण गर्नुका साथै केही ठाउँमा निर्माण कार्य समेत सुरु भएको सूचना अधिकारी दाहालले बताए ।
गत आवमा मात्र आठवटा पुल निर्माण गर्नका लागि रु दुई करोडभन्दा बढी लगानी गरिएको उहाँको भनाइ रहेको छ । गत आर्थिक वर्षमात्र झोलुङ्गे पुल निर्माण भएपछि जिल्लाका १५ भन्दा बढी गाविसका सर्वसाधारण लाभान्वित भएको बताइएको छ । सबै पुल उपभोक्ता समितिमार्फत निर्माण भएपछि स्थानीयको आर्थिक अवस्थामा समेत सुधार भएको जिविसले दाबी गरेको छ ।
झोलुङ्गे पुल निर्माण भएपछि विशेष गरेर महिला, बालबालिका, वृद्धवृद्धालगायतलाई आवतजावत गर्न सहज भएको छ । विद्यार्थीलाई विद्यालय जान, किसानलाई घाँसदाउरा ल्याउन पनि सहज भएको स्थानीयको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण