आफ्नो हात फिर्ता पाए ‘रुख मानव’ ले
ढाका – अब उनी ‘रुख मानव’ रहेनन् । निकै जटिल शल्यक्रियापछि बंगलादेशका २७ वर्षीय अबुल बजन्दारले आफ्नो हात फिर्ता पाएका छन् ।
निकै दुर्लभ रोगको शिकार भएका अबुलको हात रुखको हाँगाजस्तै बनेको थियो । वर्षौँसम्म उनी यसरी नै बस्न बाध्य थिए । गत वर्षको फेब्रुअरीबाट मात्र यसको शल्यक्रिया शुरु भएको थियो ।
त्यसयता उनको १६ वटा विभिन्न शल्याक्रिया भइसकेको छ । र, अब अझ केही शल्यक्रियापछि उनी अस्पतालबाट डिस्चार्ज हुन योग्य हुनेछन् ।
ढाका मेडिकल कलेजका मुख्य प्लास्टिक सर्जन डा समान्ता लाल सेनका अनुसार अबुलको स्थिति ‘राम्रो’ रहेको र उनले हातैले खान र लेख्न सक्ने भएका छन् । उनका अनुसार अब बाँकी हातको ‘सुन्दरता’ फिर्ता ल्याउन शल्यक्रिया बाँकी रहेको छ ।
अबुल इपिडर्मोडिस्प्लेसिया भेरुसिफोर्मिस नामक दुर्लभ रोगबाट पिडित थिए । मानिसको रोग प्रतिरोधात्मक प्रणालीमा कमजोरीका कारण यस्तो रोग लाग्ने गर्छ ।
डा सेनका अनुसार अबुल १० वर्षको हुँदा यसको पहिलो लक्षण देखिएको थियो । पछि यो बढ्दै हातनै छोपिन पुगेको थियो ।
शल्याक्रिया अघि अबुल आफै खान, पिउन दाँत माझ्न र नुहाउनसम्म सक्दैन थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
-
रौतहटको सवारी व्यवस्थापनमा सुधार
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण