एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्स विश्वकै पाँचौँ सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।
नास्डाकमा हालैको आईपीओ पछि कम्पनीको शेयरमूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ । यस्तोमा स्पेसक्सले घरेलु ई–कमर्स तथा प्रविधि कम्पनी अमेजनलाई उछिनेर सो उपाधि हासिल गरेको हो । आईपीओयता कम्पनीको बजार पूँजीकरण २७ खर्ब ८० अर्ब डलर पुगेको छ । उता, अमेजनको बजार पुँजीकरण २६ खर्ब ६० अर्ब डलर छ ।
स्पेसएक्सले करिब ६० अर्ब डलरमा एआई कोडिङ स्टार्टअप करसरको माउ कम्पनी एनीस्फेयर किन्ने घोषणा गरेको छ । स्पेसएक्सले कृत्रिम बौद्धिकता (एआई)मा आधारित डेटा सेन्टरहरू अन्तरिक्षमा लैजाने तथा भविष्यमा मानवलाई मंगल ग्रहमा बसोबास गराउने योजनामा काम गरिरहेको छ । सार्वजनिक रूपमा पहिलो पटक प्रति सेयर १३५ डलरमा बिक्री सुरु भएको स्पेसएक्सको सेयर हाल करिब २०९ डलरसम्म पुगेको छ ।
यस सार्वजनिक सूचीकरणबाट कम्पनीले ८५ अर्ब ७० करोड डलर संकलन गरेको थियो ।
आईपीओले मस्कलाई विश्वकै पहिलो ट्रिलियनियर (१० खर्ब डलरभन्दा बढीको सम्पत्ति भएको व्यक्ति) बनाएको बताइएको छ, तर विश्लेषकहरूका अनुसार मूल्यांकन र वास्तविक आम्दानीबिच ठुलो अन्तर छ ।
स्पेसएक्सको बिक्री सन् २०२५ मा करिब १८ अर्ब ६७ करोड डलर थियो भने एमाजनको झन्डै ७१६ अर्ब ९० करोड डलर थियो । यस वर्षको पहिलो त्रैमासमा स्पेसएक्सले ४ अर्ब ३० करोड डलर घाटा बेहोरेको छ भने एमाजनले ३० अर्ब ३० करोड डलर नाफा कमाएको थियो ।
विशेषज्ञहरूका अनुसार लगानीकर्ताहरूले कम्पनीको वर्तमान नाफाभन्दा भविष्यको सम्भावनामा बाजी लगाइरहेका छन् । स्पेसएक्सले पुनःप्रयोग गर्न मिल्ने रकेट, स्टारलिंक इन्टरनेट स्याटेलाइट, र एआई क्षेत्रमा विस्तार गर्दैछ, तर यसको भविष्यको आयबारे ठुलो अनिश्चितता कायम रहेको विश्लेषकहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण