एमालेले सरकारलाई साथ दिन्छ : अध्यक्ष ओली
दमक-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे एमालेले सरकारलाई साथ दिने बताएका छन् । उनले संविधान संशोधन विधेयक संसद्मा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहो¥याए । संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको विचार थियो । ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाइ थियो । उनले सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे । बुधबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकारसम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे । लोकमान जसरी नाङ्गिए त्यसरी नै यो सरकार जनताका बीच आफँै नाङ्गिँदै गएको उनको जिकिर थियो । वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले भने, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको आरोप लगाए । निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउदै अध्यक्ष ओलीले मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको छ भने । पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार दिएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इन्डिया दुर्घटनाको एक वर्ष, सुल्झिएनन् यी छ प्रश्नको रहस्य
-
७७ वटै जिल्ला सदरमुकाममा पुग्यो फाइबर इन्टरनेट, अब सबै वडा तहमा विस्तार गरिने: मन्त्री तिमिल्सिना
-
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा उपाध्यक्ष गिरीको उपस्थितिलाई लिएर संसद्मा प्रश्न
-
सेयर बजारमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि
-
कीर्तिमानी ह्याट्रिकपछि मैदानमै किन रोए मेस्सी?
-
विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण