बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

३३ किलो सुनकाण्ड : दोस्रो तहको भरिया भनिएका कार्की समातिए

बुधबार, २७ पुस २०७३, १६ : २९
बुधबार, २७ पुस २०७३
काठमाडौँ – दुवईबाट अवैधरुपमा भित्र्याइएको ३३ किलो सुनकाण्डमा प्रहरीलाई अर्को सफलता मिलेको छ । यसप्रकरणमा संलग्न दोस्रो तहका भरिया भनिएका एक व्यक्तिलाई प्रहरीले मंगलबार राती पक्राउ गर्न सफल भएको हो । गत पुस २१ दुबईबाट अवैधरुपमा ल्याइएको ३३ किलो सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले समातिएका थिए ।

‘सिग्नेचर’ को डब्बाभित्र ३३ किलो सुन : एसपी मिरा चौधरीको कमाण्डमा यसरी समातियो (भिडियोसहित)

केन्द्रीय अनुसन्धान व्युरोले काभ्रे घर भएका राजन कार्कीलाई खोपासीबाट पक्राउ गर्न सफल भएको हो । स्रोतका अनुसार दुबईबाट सुन ल्याएकाले कार्कीलाई सुन बुझाउनुपर्ने थियो । कार्कीले त्यसपछि सुनलाई मुख्य व्यक्तिसम्म पुर्याउने जिम्मा पाएका थिए । प्रहरीले कार्कीलाई पक्राउ गरी तस्करी गर्ने मुख्य व्यक्ति पत्ता लगाउन अनुसन्धान गरिरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप