९ देश चिर्दै चीनको रेल पहिलो पटक बेलायत पुग्यो
बुधबार, ०५ माघ २०७३, १९ : १८
काठमाडौँ – चीनबाट बेलायतका लागि शुरु गरिएको मालबाहक रेल सेवा अन्तरगत पहिलो रेल बेलायत पुगेको छ ।
करिब १२ हजार किलोमिटरको दुरी तय गरेर रेल बुधबार च्यानल टनेल पुग्नेछ ।
चीनको यीवु टाइमेक्स इन्डसट्रियल इन्भेस्टमेन्ट कम्पनीले शुरु गरेको सेवा विभिन्न ९ देश हुँदै १८ दिनपछि बेलायत पुगेको हो ।
रेल पूर्वी चीनको झेजियाङ प्रान्तबाट छुटेको थियो ।
यो रेल सेवा कजाकस्तान, रसिया, बेलारुस, पोल्याण्ड, जमर्नी बेल्जियम, फ्रान्स र च्यानल टनेल हुँदै बेलायत पुग्नेछ ।
यसको गन्तव्य बेलायतको एसेक्स हुनेछ ।
यो रेल सेवा शुरु भएपछि हवाई मार्गबाट गरिने सामान ढुवानीको लागत भन्दा आधा लाग्नेछ ।
योसँगै पूरानो सिल्क रोड ट्रेडिङ रुटको पनि पुनरावृत्ति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण