उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन
सप्तरी - उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विकास निर्माणका साथै जनताको काम काजलाई छिटो छरितो रुपमा सम्पन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
सप्तरीको बरमझियामा कार्यालय प्रमुखहरुलाई आज निर्देशन दिँदै गृहमन्त्री निधिले कर्मचारीले उच्च मनोबलका साथै इमान्दारीपूर्वक सरकारका नीति तथा कार्यक्रमलाई पूरा गर्न निर्देशन दिए।
उनले संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्नु पर्ने बताए ।
उनले सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाहीसमेत गरिने बताउँदै वर्तमान संविधान गतिशील दस्तावेज भएकाले सबैलाई सन्तुष्ट पार्न संविधान संशोधन अवश्यक रहेको बताए ।
सो कार्यक्रममा निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थानका कार्यालय प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।
सो बैठकपश्चात् नेपाली काँग्रेसका नेतासमेत रहेका मन्त्री निधिले नेपाली काँग्रेसका कार्यकर्तासँगको भेटघाटमा संविधान संशोधनपश्चात् निर्वाचन निश्चित हुने भएकाले त्यसको तयारीमा लाग्न जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण