थाङ्पालकोट अलैँचीको पकेट क्षेत्र घोषणा हुँदै
मेलम्ची - सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविस यही माघ १४ गते अलैँची पकेट क्षेत्र घोषणा हुने भएको छ ।
अलैंचीको निकै विस्तार भएको, खेतीको प्रचुर सम्भावाना रहेको र खेतीका लागि यो स्थान उपयुक्त रहेको भन्दै जिल्ला कृिष विकास कार्यालयले थाङ्पालकोटलाई अलँैची पकेट क्षेत्र घोषणा गर्न लागेको कृषि विकास कार्यालयले बताएको छ ।
अलैँची खेतीका लागि थाङ्पालकोटवासीबाट सिक्नुपर्ने नमुनाको रुपमा विकास हुँदै गइरहेको छ ।
गाविसमा विगत १० वर्षदेखि अलँैचीखेती हुँदै आएको टाल्टुले कृषि लघु उद्यमी अलैँची समूहका अध्यक्ष दोगदोग तामाङले जानकारी दिए ।
थाङ्पालकोटमा अलैँची उत्पादन फस्टाउनुका साथै यसको राम्रो उत्पादनसमेत हुँदै आएको कृषकहरु बताउँदै आइरहेका छन् ।
उक्त गाविसका कृषकहरु अलैँची उत्पादनबाट आत्मनिर्भर हुनुुका साथसाथै मनग्य आम्दानीसमेत गर्न सफल भएका छन् ।
खेतीका लागि जिल्लाको उपयुक्त स्थान र उत्पादन राम्रो रहेको जिल्ला कृषी विकास कार्यालय, चौताराका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले बताए ।
थाङ्पालकोटमा मात्रै ९०० रोपनीमा अलैँची खेती भइरहेको श्रेष्ठले जानकारी दिए ।
जिल्लाका थाङ्पालकोट, बरुवा, चोकटीलगायत विभिन्न ओसिला ठाउँहरुमा अलैँचीखेती हुँदै आएको छ ।
सिन्धुपाल्चोकका किसानहरु उत्साहका साथ अलैँचीखेतीमा सक्रिय देखिएपनि यो वर्ष भाउ घटेकाले किसानहरु चिन्तित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण