विद्यार्थीको नतिजाको आधारमा शिक्षकलाई तलब
जाजरकोट - छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ ।
जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् ।
रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताए ।
जिल्लालाई साक्षर घोषणा गरिसकेपछि कोही पनि शिक्षाबाट वञ्चित नहुन् भनी कार्यालयले यो अभियानलाई कडाईका साथ अगाडि वढाएको सिंहको भनाई छ । यसले गर्दा विद्यार्थीलाई छिटो साक्षर वनाउँछ, अनि मात्र शिक्षकले तलब पाउँछ, नतिजा हेरेर मात्र तलब भुक्तानी गरिने कामलाई तिब्र पारिने उहाँको भनाई छ ।
विद्यालय जानबाट वञ्चित भएका तर पढ्नलाई निकै रुची राख्ने, गरिबीका कारण पढाई छाड्न बाध्य भएकालाई यो कार्यक्रमले समेट्नेछ । यो कार्यक्रम तीन महिना चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण