भारदहमा आगलागी, रु सत्र लाखको क्षति
शुक्रबार, ०७ माघ २०७३, ०६ : ४९
राजविराज - सप्तरीको भारदह गाविस–३ मा बिहीबार साँझ आगलागी हुँदा रु १७ लाख भन्दा बढीको क्षति भएको छ ।
स्थानीय कपलेश्वर माझीको गाईगोठबाट अचानक सल्केको आगोले निजको एउटा घर तथा छिमेकी गजेन्द्र माझीको गाईगोठ गरी दुईवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
आगलागी कुन कारणले भएको खुल्न नसकेको बताइएको छ ।
आगलागीबाट गाई गोठभित्र रहेको एक थान ट्र्याक्टर, एक थान थे्रसर तथा एक थान साइकल, अन्नपात, भाडावर्तनसहित नगद जिन्सी गरी रु १७ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण