विद्युत् मिटर नपाउँदा समस्या
मोरङ – नेपाल विद्युत् प्राधिकरण मोरङको उर्लाबारी शाखाले मागअनुसार विद्युत् मिटर वितरण गर्न नसक्दा पूर्वी मोरङमा रहेका उपभोक्ता समस्यामा परेका छन् ।
यसअघि प्रत्येक ग्राहकले नयाँ लाइन जडान गर्दा आफैंँले विद्युत् मिटर उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा मौज्दात सकिएपछि मिटर उपलब्ध गराउन सकेको छैन । प्राधिकरण उर्लाबारी शाखाका प्रमुख दिगम्बर यादवका अनुसार घरायसी प्रयोजनका लागि मिटरको माग गरेका पूर्वी मोरङका दुई हजार पाँच सयदेखि तीन हजार उपभोक्ताले मिटर पाउन सकेका छैनन् ।
यादवका अनुसार प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरबाट नै मागअनुसारको मिटर उपलब्ध हुन नसक्दा अभाव भएको हो । घरायसी प्रयोजनका लागि मिटर उपलब्ध गराउन विद्यत् प्राधिरणको उर्लाबारी शाखामा निवेदन दिएको पाँच महिना बितिसक्दा पनि पाउन नसकेको उर्लाबारी – २ कि ललिता लिम्बूले गुनासो गरिन् । उनले भनिन् – “मिटर उपलब्ध नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता छ, बिनामिटर बिजुली बाल्दा चोरीको आरोप लाग्नेभयो ।”
मधुमल्ला– ९ का डिकबहादुर श्रेष्ठले पनि घरका लागि विद्युत् मिटर उपलब्ध गराउन निवदेन दिएको तीन महिना बितिसक्दा पनि पाउन सकेका छैनन् । प्राधिकरण, उर्लाबारी शाखाले मोरङका उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकासहित टाँडी, मधुमल्ला, राजघाट, इटहरा, हसन्दह र वयरवन गाविसमा सेवा प्रवाह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण