युवा विदेसिएपछि तेह्रथुमको गाउँ रित्तै
तेह्रथुम - रोजगारीका लागि गाउँका युवा विदेसिन थालेपछि अधिकांश गाउँमा काम गर्ने जनशक्तिको अभाव भएको छ ।
एकपछि अर्को गर्दै गाउँका युवा रोजगारीका लागि विदेसिँदा खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको इवाका पूर्व गाविस अध्यक्ष डम्बरबहादुर इङनामले बताए । “सबै युवा विदेशिएपछि काम गर्ने मान्छे नभएर खेतबारी बाँझै छन्,” उनले भने, “यस्तै हो भने अब केही वर्षभित्रै खेतबारी जति जङ्गलमा परिणत हुन्छन् ।”
गत वर्षसम्म रु १५० मा पाइने एकजना खेताला अहिले रु ५०० मा पनि पाइन छाडेका छन् । स्वदेशमा रोजगारीको अवसर नपाउँदा युवा गाउँमा भेटिन छाडेका छन् । युवा गाउँमा नभएपछि स्थानीय हाटबजार र मेला समेत बन्द हुन थालेको शुक्रबारेका नारायण सुब्बाले बताए ।
“मलामी जाने मान्छेको अभाव हुुन थालेको छ, बुढापाकाले नै शव घाटसम्म पु¥याउनुपर्छ,” उनले भने । गाउँमा युवा नहँुदा सामाजिक कार्य गर्न समेत अप्ठ्यारो पर्न थालेको उनको भनाइ छ । विवाह, व्रतबन्ध, पुराणलागायत गाउँमा हुने सामाजिक कार्यमा सघाउने युुवा छैनन् । सबै काम बुढापाका र महिलाले गर्नुपर्ने अवस्था छ । स्थानीयस्तरका विकास निर्माणका काम समेत प्रभावित भएका छन् ।
भवन निर्माण, सडक खन्नेलगायत कामका लागि जनशक्ति पाइन छाडेको निर्माण व्यवसायी कमल ढुङ्गाना बताउनुहुन्छ । अहिले जिल्लामा सञ्चालित उद्योग र निर्माणका काममा तराई क्षेत्र र भारतको विहारबाट कामदार ल्याएर काम लगाउनु परेको व्यवसायी बताउँछन् । बाहिरबाट जनशक्ति मगाउँदा महङ्गो पर्ने हँुदा विकास निर्माणका कामको लागत पनि बढेको छ ।
म्याङलुङ क्याम्पसका सह–प्राध्यापक प्रकाश ढुङ्गाना उच्च तहसम्मको पढाइ सकेर रोजगारीका लागि खाडीमूलुक जानुपर्ने बाध्यतालाई नीतिगत तहबाटैै रोक्नुपर्ने बताउनुहुन्छ । दुईवटा नगरपालिका र २१ वटा गाविस रहेको जिल्लाको जनसङ्ख्या एक लाख एक हजार ५७७ मात्र छ । बेर्सेनि युवा रोजगार खोज्दै विदेश जाने प्रवृत्ति नरोकिए अबको पाँच वर्षमा गाउँमा युवा नभेटिने नागरिक समाजका अध्यक्ष तुलसी सङ्ग्रौला बताउँछन् ।
जिल्ला प्रशासन कार्यलयका अनुसार दैनिक कम्तीमा १० जनाले राहादानी लिइरहेका छन् । आर्थिक वर्ष २०६९–७० मा ९५० जनाले जिल्लाबाटै तथा चार हजार ५९४ जनाले काठमाडौँबाट राहदानी लिने गरी सिफारिस लिएका थिए । आव २०७०–७१ मा एक हजार २२५ जनाले जिल्लाबाट र दुई हजार पाँच हजार ७७६ जनाले काठमाडौँबाट राहदानी लिने गरी सिफारिस लिएका छन् ।
यस्तै यस वर्ष राहदानी लिने सङ्ख्या बढेर चालु आवको पुस मसान्तसम्ममा एक हजार जना बढीले जिल्लाबाट तथा चार हजारभन्दा बढीले केन्द्रबाट राहदानी लिने गरी सिफारिस लिएका सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले बताए । यही तथ्याङ्कलाई आधार मान्ने हो भने पनि करिब ५० प्रतिशत तेह्रथुमवासीले राहादानी बनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण