पाकिस्तानमा शक्तिशाली भूकम्प
बुधबार, २६ माघ २०७३, ०९ : ०८
इस्लामाबाद – पाकिस्तानको तटीय क्षेत्रमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ विभागका अनुसार पाकिस्तानको पास्नी सहरको २३ किलोमिटर दक्षिण पश्चिममा भूकम्पको केन्द्र विन्दु रहेको थियो ।
६.३ रेक्टर स्केलका तिव्रता रहेको भूकम्प स्थानीय समय अनुसार बिहान ३ बजेर ३ मिनेटमा गएको थियो ।
भूकम्पको क्षतिबारे अझै स्पष्ट तथ्यांक आएको छैन ।
गत अप्रिलमा छिमेकी अफगानिस्तानमा ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सन् २०१५ को अक्टोबरमा पाकिस्तान र अफगान्सितानमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी ४ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।
भारतीय र युरेसियन प्लेट ठोक्किने ठाउँमा पाकिस्तान पर्ने हुँदा त्यहाँ धेरै भूकम्प जाने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण