दुर्घटना गराएर भागेका स्याङतन चार दिनपछि पक्राउ
बुधबार, २६ माघ २०७३, १८ : ०१
भक्तपुर – गत २२ गते शनिबार बिहान ४ बजेको समयमा जिल्ला भक्तपुर सुर्यबिनायक घलाते चोकमा एउटा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भयो ।
सल्लाघारीबाट जगाती तर्फ जादै गरेको नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा पैदल यात्री सोही स्थानमा बस्ने बर्ष ८४ को मुक्ति बहादुर सुवाल घाइते भए ।
घाइते सुवालको उपचारको क्रममा डा.इवामुरा अस्पताल र थप उपचारको लागि मध्यपुर ठिमी अस्पताल उपचारकै क्रममा सोही दिन बिहान करिब सात बजे मत्यु भयो ।
घटना भएको चार दिनको अनुसन्धानपछि प्रहरीले सुवाललाई ठक्कर दिएर फरार सवारी र चालकलाई आज बुधबार नियन्त्रणमा लिएको छ ।
बा.४ ख ७३०१ नं को ट्रिपर र चालक मकवानपुर टिस्टुङ पालुङ–७ का शम्भु स्याङतनलाई नियन्त्रणमा लिएको हो ।
स्याङतनलाई सवारी ज्यान अन्र्तगत आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडी बढाएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक मित्रबन्धु शर्माले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण