दृष्टिविहीन विश्वकप : नेपाल भारतसँग पराजित
बुधबार, २६ माघ २०७३, १८ : ४८
काठमाडौँ - भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल भारतसँग १५२ रनको भारी अन्तरले पराजित भएको छ ।
आन्द्रा प्रदेशस्थित मुलपाडु क्रिकेट मैदानमा भएको खेलमा भारतले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३७ रनमा समेटियो ।
नेपालका लागि रमेशबहादुर बानियाँले ३५ तथा सुनिल सुवेदी क्षेत्रीले १२ रन जोडे । त्यस्तै पदमबहादुर बडैलाले २८ रन बनाउँदा विक्रमबहादुर राना २५ रनमा अविजित रहे ।
भारतका जाफर इग्बलले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा एक विकेट गुमाएर २८९ रन बनायो ।
भारतका लागी ओपनरद्वय अजयकुमार रेडीले १०९ रन तथा दुर्गा राओले ५३ रन बनाए । त्यस्तै बैकटेश्वर राओले अविजित ८२ रनको योगदान दिए ।
जारी प्रतियोगितामा नेपालको यो सातौ हार हो । यसअघि नेपाल अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तान, वेस्टइन्डिज, श्रीलङ्का र इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । नेपालले दक्षिण अफ्रिकालाई भने पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ ।
विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि न्युजिल्यान्डसँग सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण