महासङ्घको सदस्यता वितरणप्रति युनियनको आपत्ति
काठमाडौँ - नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घले गैरनेपाली नागरिकलाईसमेत महासङ्घको सदस्यता स्वीकृत गरेको भन्दै सच्याउन माग गरेको छ ।
“महासङ्घको विधि प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने काम भएका दर्जनाँै गुनासो र उजुरी स्वयम् महासङ्घको केन्द्रीय कार्यालयमा आएको जानकारी हामीहरुको सङ्ज्ञानमा पनि छ, त्यसलाई तत्काल सच्याउनुपर्छ”– युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समयमा थपिएका अधिकांश सदस्य क्रियाशील पत्रकारभन्दा पनि दल विशेषका कार्यकर्ता, पत्रकारिता पेसाबाट पलायन भई निष्क्रिय रहेका र अन्य पेसामा लागिसकेकालाई समेत नवीकरण गरी मत सुरक्षित गर्ने प्रपञ्च मात्र गरेको युनियनको ठहर छ ।
“यो अवस्थामा महासङ्घको उच्च नेतृत्वले आफूलाई नसच्याए महासङ्घका शाखामा परिस्थिति काबु बाहिर जानसक्ने तथा केन्द्रीयस्तरमा पनि अप्रियस्थित उत्पन्न हुनसक्ने कुरामा सचेत गराउँछौँ”– विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण