‘अपहरित’ भनिएका नाबालक खाल्डोमा भेटिए
सिरहा–सिरहाको गोलबजार नगरपालिका ४ कुट्टीटोलबाट बुधबार मध्यान्ह हराएका डेढ वर्षे नाबालकलाई साँझ घरछेउकै खाल्डोमा गम्भिर अवस्थामा भेटिएपछि उपचारका लागि लहान ल्याउने क्रममा मृत्यु भएको छ ।
स्थानीय दिपक महराका डेढ वर्षीय छोरा प्रभाषकुमार महरा घर नजिकैको खाल्डोको पानीमा तैरिरहेको अवस्थामा भेटिएपछि उद्धार गरी उपचारका लागि लहान लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । त्यसअघि उनलाई गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार गरिएको थियो ।
इलाका प्रहरी कार्यलय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायका अनुसार बालक हराएको समचारपछि सोधखोज गर्दा रातो ज्याकेट लगाएका व्यक्तिले दक्षिणतिर लगेको भन्ने सूचनाको आधारमा जिल्लाबाट समेत थप प्रहरी मगाएर सीमा बन्द गरी खोजतलास गरिएको थियो ।
‘साँझ घर नजिकै पानीमा तैरिरहेको अवस्थामा भेटिएका उनलाई तत्काल उपचारका लागि लगियो, तर बाँचेनन्’ प्रहरी निरीक्षक उपाध्यायले बताए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेपनि अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण