२०६६ सालमा प्रहरी र व्यवसायी हत्यामा संलग्न राना पक्राउ
भीमदत्तनगर - प्रहरी सहायक निरीक्षक र भारतीय मूलका नागरिकलाई हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
विसं २०६६ मा भारतीय मूलका व्यापारी विशाल जैन तथा प्रहरी सहायक निरीक्षक भङ्गी रानालाई हत्या गरी फरार रहेका कञ्चनपुरको बेलौरीका धनबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोस्टवान्टेड सूचीमा रहेका रानालाई प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोले कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका थिए । विसं २०६६ मा कञ्चनपुरको सुडामा कत्था व्यवसाय गर्दै आएका भारतीय नागरिक विशाल जैनको हत्यापछि पक्राउ परेका राना २०६६ असोज १२ गते जिल्ला कारागार तोडेर भागेका थिए ।
प्रहरी नायब निरीक्षक लोकराज भट्टले पक्राउ परेका राना लामो समयदेखि कञ्चनपुरका आपराधिक घटनामा संलग्न रहँदै आएको जानकारी दिए ।
कञ्चनपुरको दैजीमा २०६८ सालमा प्रहरी सहायक निरीक्षक भङ्गी रानालाई समेत गोली हानी हत्या गरेका निज रानालाई ब्युरोले बुधबार अभियुक्त रानालाई प्रहरीको जिम्मा लगाएको प्रहरी नायब निरीक्षक लोकराज भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण