मह जोडीद्वारा अपांग भबन उद्घाटन
काठमाडौं – काठमाडौंको जोरपाटीस्थित नेपाल अपांग मानव अधिकार केन्द्र भबनको उदघाटन गरिएको छ । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा महजोडीले केन्द्रको स्थापनापछि अपांगहरुको मानव अधिकार रक्षाका लागि सहयोग मिल्ने बताए ।
गोरखा इको प्यानलको प्रयोगबाट एकतल्ले भवन बनाइएको हो । करिव नौ सय वर्ग फिटमा पाँंच कोठे भबन बनाइएको हो । १२ तेह्र लाखको लागत इष्टमेटमा नौ सय वर्ग फिट क्षेत्रफलमा भबन बनाइएको हो ।
केन्द्रका सदस्य सचिव जगदीशप्रसाद अधिकारीले सस्तो, किफायती, भकम्पप्रतिरोधी मात्रै नभई छिटो निर्माण कार्य सम्पन्न हुने भएकाले गोरखा इको प्यानलको प्रयोग गरी भबन बनाइएको स्पष्ट पारे ।
करिव एक महिनाको छोटो अवधिमा भबन निर्माण कार्य सम्पन्न गरिएको हो । नेपाल अपांग मानव अधिकार केन्द्र सरकारी निकायसँंग समन्वय गरी अपांगको मानव अधिकार सुनिश्चित गर्न खलिएको संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण